विद्यालय र शैक्षिक संस्था सँधै बन्द

विद्यालय र शैक्षिक संस्था सँधै बन्द

जनकपुर क्षेत्रमा आजदेखि विद्यालयलगायत सबै शैक्षिक संस्था तीन दिनको लागि बन्द गरिएको छ । भोलिको विवाह पञ्चमीको उपलक्ष्यमा जनकपुर उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालय बन्दको घोषणा गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले आज, भोलि र पर्सिसम्मका लागि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराएका छन् ।

विवाह पञ्चमी महोत्सवमा हुने भीडभाडलाई मध्यनजर गर्दै बिदा दिइएको उपमहानगरले जनाएको छ । सो अवसरमा भोलि प्रदेश २ मा सार्वजनिक बिदा समेत दिइएको छ ।

लामो समयदेखि कोरोना महामारीबाट बन्द भएको विद्यालय र शैक्षिक संस्थाहरु राजनीतिक दलका कार्यक्रमदेखि धार्मिक समारोहको नाममा बन्द भएपछि विद्यार्थीहरु मर्कामा परेका छन् ।

टिप्पणीहरू