चिसो बढ्दै जाँदा सञ्जिव न्यौपाने समरको ‘चर्को घाम’

चिसो बढ्दै जाँदा सञ्जिव न्यौपाने समरको ‘चर्को घाम’

नेपाली सांगीतिक क्षेत्रमा समर नामले परिचित सञ्जिव न्यौपानेको ‘चर्को घाम’ बोलको गीत बजारमा आएको छ । चलचित्र तथा लोकदोहोरी क्षेत्रमा यसअघि पनि छोटा चलचित्र र कैयौं गीतहरु बजारमा ल्याएका उनले पछिल्लो समय मर्मस्पर्शी गीत ‘चर्को घाम’ बजारमा ल्याएका हुन् ।

श्रीमानले धन कमाएर परिवार पाल्न धेरै कष्ट झेल्ने तर श्रीमतीले उक्त दुःख नबुझ्ने गरेको नेपाली समाजको तीतो सत्यलाई समरले गीत मार्फत् प्रस्तुत गरेका छन् । गीतमा श्रीमतीले उनीसहित दुई छोराछोरीलाई छाडेर गएको दृश्य देखाइएको छ ।

गीतमा चर्चित लोक तथा दोहोरी गायिका देवी घर्ती मगर र गायक प्रदीप त्रिपाठीको स्वर रहेको छ । गायक त्रिपाठीकै शब्द तथा संगीत रहेको गीतमा समर न्यौपाने, सञ्चिता शाही र सञ्जु पौडेलको अभिनय देख्न सकिन्छ । साथै बाल कलाकारका रुपमा सौगात मल्ल र आयुषा कँडेललाई पनि समावेश गरिएको छ ।

समरले रोक्न खोज्दा पनि सञ्चिता सञ्जुसँग गएको गीतमा देख्न सकिन्छ । राकेश सोनीको गीतको एरेञ्ज रहेको गीतको निर्देशन कपिल लामाले गरेका हुन् ।

गीतको छायाङ्कन विपिन चौलागाईंले गरेका हुन् । चर्को घामको अडियो तथा भिडियो भने हर्टबिट नेपालले गरेको छ । पोष्ट प्रोडक्सन समर क्रिएसनले गरेको छ । शिव पौडेलको सम्पादन तथा कलर रहेको गीत आज बिहानदेखि सञ्जिव न्यौपाने युटुब च्यानल मार्फत् बजारमा आएको छ ।

टिप्पणीहरू