स्वागतमा एमाले केन्द्रीय सदस्यको अनुपस्थिति

स्वागतमा एमाले केन्द्रीय सदस्यको अनुपस्थिति

-राजेशचन्द्र राजभण्डारी

नेकपा एमालेको १० औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई बागलुङ सदरमुकाममा स्वागत,बधाई तथा शुभकामना दिइएको छ ।

जिल्ला कमिटीले १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका इन्द्रलाल सापकोटा,सावित्रा राना,गोविन्द नेपाली,मनकुमारी केसीलाई फूलमाला लगाएर स्वागत र सम्मान गरेको हो ।

बागलुङ जिल्लाबाट एमालेको केन्द्रीय सदस्य बन्न सफल पाँच जनामध्ये चार जना एमालेबाट र नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेका लीला थापा हुन् । स्वागत तथा बधाई कार्यक्रममा केन्द्रीय सदस्य थापाको भने उपस्थिति थिएन ।

जिल्ला अध्यक्ष सापकोटा केन्द्रीय सदस्य भएपछि उपाध्यक्ष कृष्ण पाठकलाई एमालेको कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको छ ।

टिप्पणीहरू