ग्रेडवृद्धि परीक्षा आगामी माघमा

ग्रेडवृद्धि परीक्षा आगामी माघमा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

सबै विषयमा सी प्लस वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा ‘सी’ वा ‘डी’ प्लस ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई वा तीमध्ये कुनै एक विषयमा ग्रेडवृद्धि परीक्षा दिनसक्ने जनाइएको छ ।

अन्य सबै विषयमा ‘डी’ प्लस वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ‘डी’ वा ‘ई’ ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन सक्ने जनाएको छ ।

परीक्षा दिउँसो ११ बजेदेखि दुई बजेसम्म सञ्चालन गर्ने भएको छ । रजिष्ट्रेसन नम्बरको शुरुको दुई अंक ७७ भएका र बोर्डको मापदण्ड पूरा गरेका परीक्षार्थीहरुलाई बढीमा दुई विषयमा मात्र ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्थासहित ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने भएको हो ।

परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराई आगामी पुस १८ गतेभित्र आवेदन फारम भरिसक्नु पर्नेछ । विद्यार्थीले दोब्बर शुल्कसहित पुस २२ गते सम्ममा फारम विद्यालयमा बुझाउनु पर्ने बोर्डले बताएको छ ।

टिप्पणीहरू