आज १ को निधन, २ सय संक्रमित

आज १ को निधन, २ सय संक्रमित

आज कोरोना संक्रमणको कारण एक जनाको निधन भएको छ । दुई सय पाँच जना कोरोना संक्रमित थपिएका छन् । १० हजार सात सय ४७ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार सय ३६ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा निको हुने दर ९७ दशमलब ८ प्रतिशत रहेको छ । मुलुकभर अझै छ हजार पाँच सय सात जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ४१ पुगेको छ । हाल काठमाडौंमा पाँच सय ४८ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ८१ र ललितपुरमा छ सय १९ जना संक्रमित छन् ।

टिप्पणीहरू