भारतद्वारा खोप नलगाएकामाथि रोक, बैतडीमा पनि कडाई

भारतद्वारा खोप नलगाएकामाथि रोक, बैतडीमा पनि कडाई

कोरोनाको नयाँ भेरिएन्टलाई मध्यनजर गर्दै भारतले आफ्नो मुलुकका प्रवेश नाकामा कडाइ गरेको छ । ओमिक्रोनको जोखिम बढेसँगै भारत सरकारले पूर्णखोप नलगाएकालाई भारत प्रवेशमा रोक लगाएको हो ।

भारतले प्रवेश नाकामा पूर्णखोप लगाएकाको कार्ड हेरेर मात्र भारत छिर्न दिने बताएको छ । भारत जाने नेपाली नागरिकले पनि अनिवार्य रुपमा १५ दिन अगाडि खोपको दुबै डोज लगाएको प्रमाण बोकेर मात्र भारत छिर्न पाउने छन् । खोपकार्ड नभएका नेपाली नागरिकमाथि पनि भारत प्रवेशमा रोक लगाइएको छ ।

यता जिल्ला प्रशासन कार्यालय बैतडीले पनि भारतबाट फर्किनेको अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी अनिवार्य सात दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ ।

यसबीचमा भारतले आफ्नो सबै अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने भनिएको सूचनालाई अर्को नयाँ मिति घोषणा नगरुञ्जेलको निम्ति स्थगित गरेको छ ।

टिप्पणीहरू