ब्ल्याङ्केट गोदाममा दनदनी आगो, निभाउने प्रयास गरिँदै

ब्ल्याङ्केट गोदाममा दनदनी आगो, निभाउने प्रयास गरिँदै

सोह्रखुट्टे, नयाँ बजारस्थित ब्ल्याङ्केट गोदाममा आगलागी भएको छ । दिउँसो २ बजेदेखि आगलागी शुरू भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।

प्रहरीका अनुसार नयाँ बजारको प्राइम कलेज नजिकैको गोदाममा आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।

आगलागीपछि गोदामका सञ्चालक जनम हमाल सम्पर्कमा नआएको प्रहरीले बताएको छ । स्थानीय सिबु नर्सरी चोकमा रहेको न्हुच्छे महर्जनको एकतले घरमा कालिकोटका हमाल र ऐजना शाहीले गोदाम गरेकोे ब्लान्केटमा वेल्डिङ गर्ने क्रममा आगलागी भएको बुझिएको छ ।

टिप्पणीहरू