म्याद गुज्रेको खाद्यपदार्थ राजधानीमा छ्याप्छ्याप्ती

म्याद गुज्रेको खाद्यपदार्थ राजधानीमा छ्याप्छ्याप्ती

राजधानीमा म्याद गुजे्रको खाद्यपदार्थ छ्याप्छ्याप्ती भएको छ । प्रहरीले काठमाडौंको काँडाघारी क्षेत्रबाट त्यस्ता सामाग्रीमा नयाँ मिति राखेर रिलेबलिङ गरेको अवस्थामा एक जनालाई पक्राउ परेको छ ।

प्रहरीले झण्डै ४५ लाख बराबरको त्यस्तो अखाद्य सामाग्री समेत जफत गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले त्यस्तो कार्य गर्ने सगरमाथा फुड प्रोडक्टका सञ्चालक ४४ वर्षको पवनकुमार साहलाई पक्रेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित सगरमाथा फुड प्रोडक्टमा त्यस्ता खाद्यपदार्थको म्याद रिलेबलिङ गर्ने गरिएको प्रमाण फेला परेको छ ।

यसअघि पनि उक्त कम्पनीले बजारबाट म्याद गुज्रेको सामान फिर्ता गरेर पुनः नयाँ मिति राखेर पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

टिप्पणीहरू