सौराहामा ४ घण्टापछि पहिलो सूची सार्वजनिक

सौराहामा ४ घण्टापछि पहिलो सूची सार्वजनिक

एमालेको दशौं महाधिवेशनमा भइरहेको निर्वाचन प्रक्रियाअन्तर्गत भर्खरै उम्मेदवारहरुको पहिलो सूची सार्वजनिक गरिएको छ ।

उम्मेदवारी दर्ता सकिएको चार घण्टापछि उनीहरुको पहिलो सूची निकालिएको हो । अब उम्मेदवारहरुमाथि उजुरी,दाबी र बिरोधको प्रक्रिया शुरु भएको बताइएको छ ।

त्यसपछि मात्र अन्तिम सूची सार्वजनिक गरिन्छ । अन्तिम सूची सार्वजनिक भएपछि मतदानको प्रक्रिया हुने जानकारी दिइएको छ ।

झण्डै २२ सय प्रतिनिधिले रातभर मतदान गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

टिप्पणीहरू