सेनापति मुस्ताङ्ग र पाल्पा पुग्दै

सेनापति मुस्ताङ्ग र पाल्पा पुग्दै

नेपाली सेनाको मध्य कमाण्डअन्तर्गतका हिमाली र उच्च पहाडी इलाकाहरुमा अवस्थित सैनिक ब्यारेकहरुको निरीक्षण भ्रमणका लागि त्यसतर्फ निस्कनुभएका प्रधानसेनापति प्रभुराम शर्माले आज पोखरास्थित श्री मध्य कमाण्ड हेडक्वार्टर मनाङ्गस्थित गुल्मको निरीक्षण गर्नुभएको छ ।

भ्रमणका दौरान उहाँले कमाण्ड हेडक्वाटर,बाहिनी,गण तथा गुल्महरुमा तैनाथ फौजको वर्तमान अवस्था,कमाण्ड अवधारणाको कार्यान्वयनसम्बन्धी प्रगति तथा सामुहिक तालिम सन्चालनको अवस्थालगायतका विषयहरुमा जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधान सेनापति शर्माले गण्डकी प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग छुट्टाछुट्टै भेट तथा छलफलसमेत गर्नुभएको थियो ।

तीन दिने भ्रमणका क्रममा उहाँले भोलि मुस्ताङ्गको जोमसोमस्थित श्री नं. २३ बाहिनी अड्‍डा र बाग्लुङ्गस्थित गुल्मको पनि निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम छ । पर्सि पाल्पास्थित गणको निरीक्षणका साथै शान्ति वाटिका र पाल्पा दरबारस्थित सैनिक संग्रहालयको उद्‌घाटन गर्नुहुने कार्यक्रम तय गरिएको छ ।

पर्सि नै तनहुँस्थित श्री नं.३ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरी काठमाडौँ फर्किने कार्यक्रम रहेको पनि निर्देशनालयले जनाएको छ ।

टिप्पणीहरू