पेट्रोलियम पदार्थपछि दूधको भाउ बढाउने तयारी

पेट्रोलियम पदार्थपछि दूधको भाउ बढाउने तयारी

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउने तयारी थालेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले यसबारे सरोकारवाला निकायसँग छलफल गरेर गृहकार्य शुरु गरेको बताएको हो ।

दूध उत्पादनका लागि आवश्यक सबै खालका वस्तुमा भएको मूल्यबृध्दिका कारण किसान मारमा परेकाले दूधको भाउ बढाउन लागिएको भनिएको छ । चोकर, दाना,श्रमिकको ज्याला लगायतमा मूल्यबृध्दि हुँदा व्यवसाय जोखिममा परेको राष्ट्रिय दुुग्ध विकास बोर्डको भनाइ छ ।

“सरकारले २०७६ सालमा प्रतिलिटर दूधमा ६ रुपैयाँ बढाएको थियो । त्यसपछि दूधको भाउ प्रतिलिटर ७६ रुपैयाँ पुगेको थियो । अब प्रतिलिटर १४ रुपैयाँ बढाएर ९० रुपैयाँ प्रतिलिटर बनाउने तयारी गरिएको छ । “

सरकारले २०७६ सालमा प्रतिलिटर दूधमा ६ रुपैयाँ बढाएको थियो । त्यसपछि दूधको भाउ प्रतिलिटर ७६ रुपैयाँ पुगेको थियो । अब प्रतिलिटर १४ रुपैयाँ बढाएर ९० रुपैयाँ प्रतिलिटर बनाउने तयारी गरिएको छ ।

सरकारले पनि दूधको मूल्य बढाउन सहमति जनाएको जानकारी दिइएको छ ।

टिप्पणीहरू