डाक्टरको जाँच पुसमा

डाक्टरको जाँच पुसमा

नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लाइसेन्स परीक्षा पुसमा लिने भएको छ । ६१ औं चिकित्सक प्रमाणपत्रको ६१ औं ब्याचको परीक्षा आगामी पुस २२, २३ र २४ गते हुने जानकारी दिइएको छ ।

परीक्षामा सहभागी हुनेका लागि काउन्सिलले चौबिसै घण्टा अनलाइन फाराम खुला गरेको छ । आजदेखि खुला गरिएको अनलाइन फाराम पौष ७ गते बन्द हुनेछ । ८ र ९ गते दोब्बर दस्तुर तिरेर भए पनि फाराम भर्न सकिने बताइएको छ ।

डाक्टरहरुको जाँच इञ्जिनियरहरु पढ्ने पुल्चोकस्थित इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा हुने काउन्सिलले सूचनामा उल्लेख गरेको छ ।

टिप्पणीहरू