‘काँग्रेसको अबको बाटो’

नेपाली काँग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘काँग्रेसको अबको बाटो’ लोकार्पण भएको छ ।

उक्त पुस्तकको प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज लोकार्पण गर्नुभएको हो ।

पुस्तक लोकार्पणपछि बोल्दै प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा महाधिवेशनका सहभागीहरुलाई अध्ययन गरेर लाभ लिने मौका मिल्ने बताउनुभयो ।

यस्तै, पुस्तककी लेखक डा. संग्रौलाले नेपाली काँग्रेसलाई आगामी दिनमा अगाडि बढाउने सम्बन्धमा पार्टीभित्र र बाहिर व्यापक बहस सिर्जना गर्ने उद्देश्यले पुस्तक लेखेको बताउनु भएको छ । उहाँले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्ममा टेकेर काँग्रेसका कमी, कमजोरीहरुलाई केलाउँदै पुस्तक लेखेको पनि उल्लेख गर्नुभयो ।
पार्टीको १४ औँ महाधिवेशनमा पुस्तकलाई नै एजेण्डा बनाएर प्रतिनिधिहरुसमक्ष लैजाने अठोट गरेको उहाँले बताउनुभयो ।

पुस्तकमा नेपाली काँग्रेसको संक्षिप्त इतिहास, सैद्धान्तिक स्पष्टता, नेपाली काँग्रेसका उपलब्धीहरु, पार्टीको अबको बाटो, राष्ट्रवादको कसीमा काँग्रेस, जनताले चाहेको अबको काँग्रेस, अमूल्य योगदानका अग्रजहरु र १४ औँ महाधिवेशनका एजेण्डा गरि आठ उपशीर्षक छन् ।

टिप्पणीहरू