मेडिकल काउन्सिलबाट हजारौंलाई ‘फेक मेसेज’

मेडिकल काउन्सिलबाट हजारौंलाई ‘फेक मेसेज’

नेपाल मेडिकल काउन्सिलले प्रयोग गर्ने गरेको एसएमएस प्रणालीबाट हजारौंलाई गलत सूचना गएको छ । काउन्सिलले काउन्सिलका (पूर्व) पदाधिकारी संलग्न भई व्यक्तिगत प्रकृतिका सूचना (म्यासेज) गएको भन्ने सार्वजनिक चासोप्रति काउन्सिलले ध्यानाकर्षण भएको जनाएको हो ।

सो सम्बन्धमा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक अनुसन्धानका आधारमा बुझ्दै जाँदा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूलाई छोटो सूचना पठाउनका लागि विगतमा एउटा आइटी कम्पनीको फोन म्यासेज सेवा लिइएको र सोही कम्पनीद्वारा एसएमएस म्यासेज तथा सूचना प्रवाहमा कोड नम्बर नम्बर ३७८८८ प्रयोग भएको तर, सो नम्बर काउन्सिलको लागि मात्र नभएर अन्य प्रयोजनका लागि समेत प्रयोग भएको पाइयो ।’फेक एसएमएस प्रकरणमा फोन नम्बरहरुको विवरण कसरी प्रवाह भयो भन्नेलगायतका विषयमा थप जानकारी लिन, काउन्सिलमा रहेका दर्ताभएका चिकित्सकका व्यक्तिगत विवरणको सुरक्षा तथा उचित व्यवस्थापनका लागि आवश्यक सुझाको निम्ति उसले सूचना तथा सञ्चार प्रविधि केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकलाई अनुरोध गरेको छ ।

काउन्सिलले चिकित्सकहरुको कुनै पनि विवरण वा कागजात कतै पनि सेयर नभएको र पूर्णरुपमा गोप्य नै रहेको बताएको छ । पदाधिकारी तथा कर्मचारीहरू पदमा रहँदा वा नरहँदा पालना गर्नुपर्ने अचारसंहितासहित दीर्घकालीन प्राविधिक तथा प्रशासनिक व्यवस्थासहितको कार्यविधि तयार पारी कडाइका साथ लागू गर्ने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

स्रोतकाअनुसार काउन्सिलका केही असन्तुष्ट पूर्व तथा बहालरत अधिकारीहरुको मिलेमतोमा नक्कली मेसेज काण्ठ भएको हो ।

टिप्पणीहरू