आज पनि सेयरबजार घट्यो

आज पनि सेयरबजार घट्यो

आज सेयर बजारको परिसूचक नेप्से ३२.२९ अंकले घटेको छ । नेप्से परिसूचक ३२.२९ अंकले घटेर २ हजार ७ सय ३३.१४ अंकमा झरेको हो ।

हिजो नेप्से परिसूचक ७.९० अंकले बढेको थियो । तर हिजोको तुलनामा आज कारोबार रकम भने बढेको छ । हिजो तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार रुपैयाँमा सीमित सेयर कारोबार रकम आज चार अर्ब १६ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

आज कूल २ सय २७ वटा कम्पनीका ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता सेयर ५३ हजार ७ सय ६७ पटक खरिद बिक्री भएका छन् ।

टिप्पणीहरू