को भए १ नम्बर प्रदेशको सर्वोत्कृष्ट प्रहरी ?

को भए १ नम्बर प्रदेशको सर्वोत्कृष्ट प्रहरी ?

दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज कार्की कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । गत कात्तिक महिनामा कर्तव्य निर्वाह गर्नेमा सबैभन्दा उत्कृष्ट कार्य गरेवापत उपरीक्षक कार्कीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको बताइएको छ ।

गत कात्तिक ११ गतेदेखि हराइरहेका गौरादह नगरपालिका–५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको शव स्थानीय महमद सद्दामको घरबाहिर शौचालयको सेफ्टी ट्याङ्कीभित्र कम्बलमा पोको पारी फालिएको अवस्थामा कात्तिक २६ गते भेटिएको थियो ।

उक्त घटनाको सफल अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सफल भइ प्रहरीको छवि उच्च बनाएकोमा उपरीक्षक कार्कीलाई प्रदेश प्रहरी कार्यालयले उक्त सम्मान तथा पुरस्कार दिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउन र सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रदेशका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू