आज घाम, भोलि बादल

आज घाम, भोलि बादल

भोलिदेखि मुलुकभरको मौसममा परिवर्तन आउने भएको छ । आगामी २४ घण्टामा देशका विभिन्न भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि अधिकांश भूभागमा बादलले ढाक्ने भएकाले प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना बढेको हो । भोलिदेखि मुलुकभर चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

आज मुलुकका पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सामान्यतयाः सफा रहने जनाएको छ । महाशाखाका अनुसार आज राति र भोलि प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ ।

ती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै पर्सी प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सामान्यतयाः सफा रहने बताइएको छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक÷दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

टिप्पणीहरू