अब गर्भवतीलाई पनि कोरोनाको खोप

अब गर्भवतीलाई पनि कोरोनाको खोप

अब सबै गर्भवती महिलाले कोरोनाविरुद्ध खोप पाउने भएका छन् । उच्च जोखिममा रहेका गर्भवती महिलालाई खोप दिने प्रवृत्तिलाई हटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै गर्भवती महिलालाई अनिवार्य खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयले गर्भवती भएको तीन महिनाको अवधि पूरा भएका महिलाले कोरोनाविरुद्धको खोप लगाउन मिल्ने बताएको छ । खोपका लागि सम्बन्धित स्वास्थ्य कार्यालय, आफू बसोबास गरिरहेको स्थानीय तह वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।

मन्त्रालयले चैत मसान्तसम्म खोप लगाउन मिल्ने सबैलाई खोप दिइ सक्ने लक्ष्य राखेको छ ।

हाल सरकारले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिइरहेको छ । यसअघि प्राथमिकता परेकाहरुलाई मात्रै दिँदै आएको खोप १८ वर्षमाथिका सबै नागरिकलाई दिन थालिएको हो ।

टिप्पणीहरू