आज तीन सयबढी संक्रमित, चार जनाको मृत्यू

आज तीन सयबढी संक्रमित, चार जनाको मृत्यू

आज मुलुकभर तीन सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । नौ हजार नौ सय २१ जनामा पीसीआर तथा दुई हजार सात सय ७६ जनामा एन्टिजेन गरी १२ हजार छ सय ९७ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज दुई सय ५८ जना संक्रमणमुक्त भएका छन् । चार जनाले संक्रमणको कारण ज्यान गुमाउनु परेको छ । मुलुकभर अझै सात हजार दुई सय ६९ जना सक्रिय संक्रमित छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय पुगेको छ । हाल काठमाडौंमा पाँच सय ५४ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ६३ र ललितपुरमा पाँच सय ४४ जना संक्रमित रहेको बताइएको छ ।

टिप्पणीहरू