बजाज डोमिनार २५० चालकहरुलाई ५ दिनको डोमिनार राइड जोमसोममा !

बजाज डोमिनार २५० चालकहरुलाई ५ दिनको डोमिनार राइड जोमसोममा !

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि., बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेताद्वारा बजाज डोमिनार २५० का चालकहरुको लागि डोमिनार राइड कार्यक्रम संचालन गर्दैछ ।

जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर ८ देखि १२ गते सम्मकालागि डोमिनार चालकहरुको लागि तयार पारिएको ५ दिने अल पेड ट्रिप हो, जसमा रोमाञ्च र आफ्नै कथाको अभूतपूर्व मिश्रण हुनेछ ।

राइड योर ओन स्टोरीज्को थिममा आधारित यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० सँग जोमसोम जाँदाको रमाइलो अनुभव बटुल्न सक्नुहुनेछ ।

यस राइडको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने जनाएको छ । डोमिनार ओनरहरुले डोमिनार बाइकको साथ यस रोमाञ्चक राइडको अनुभव लिनुपर्नेछ ।

 

टिप्पणीहरू