कसैलाई आनन्द, कसैलाई अवरोध

मुद्दा हेरिरहेको न्यायाधीशले बेञ्चबाट विषय÷प्रसंगबिनै ‘विद्वान महोदयलाई गाडीको व्यवस्था गर्नु’ भन्दा तपाईं कति हाँस्नुहुन्छ होला है † 
सशस्त्र द्वन्द्वताका (०६१ मा) चितवनमा मारिएका गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीको विषयलाई लिएर काठमाडौंमा एनजिओहरूले ठूलै व्यापार चलाइरहेका छन् । उता, चितवन जिल्ला अदालतमा यही विषयलाई लिएर ‘श्रीमान्ले हेपे’ भन्दै काठमाडौंसम्मका वकिल आगो छन् ।
मुद्दा हेरिरहेका न्यायाधीश कूलप्रसाद शर्माले पक्ष र विपक्षका वकिलबीच भेदभाव गरे भनेर वकिलहरूको रोइलो शुरु भएको हो । कृष्णप्रसादकी आमा गंगामायाको तर्फबाट बहस गर्न गएका वकिल पुष्पराज पौडेललाई कूलप्रसाद श्रीमान्ले इजलासबाट बाहिर जान निर्देशन दिए । तर, प्रतिवादीका तर्फबाट बहस गर्न गएका वरिष्ठ अधिवक्ता मुक्ति प्रधानलाई भने एयरपोर्टसम्म पु¥याउन वादीको तर्फबाट बहस गर्न गएका सरकारी वकिललाई इजलासबाटै निर्देशन दिए । यसरी पीडितको कानुन व्यवसायीलाई इजलासबाट निकाल्ने, तर प्रतिवादीको वकिललाई गाडीको व्यवस्था गर्न निर्देशन दिने † देख्नेहरू छक्क परेका छन् ।

इजलासबाहिर जान निर्देशन पाएका शर्मा बाहिरिएनन्, बरु श्रीमान्लाई सोधे, ‘के–कुन, आधार र कारणबाट बहसको रोहबाट बाहिर जान निर्देशन दिएको हो ?’ फेरि सजिलैसँग कुलप्रसाद श्रीमान्ले जवाफ दिए, ‘मेराविरुद्ध न्यायपरिषद्मा उजुरी दिने व्यक्तिको प्रतिनिधिले बहस पैरवी गर्न मिल्छ र ?’ वकिल पुष्पराजले ‘मुलुकी ऐन अदालती बन्दोबस्तीको ३० नं. बमोजिम मानीय न्यायाधीशज्यूबाट हेर्न नहुने हो, हजुरको नैतिकताले दिने, तर जसको अधिकार नै पक्षको तर्फबाट बहस गर्ने हो, निजले बहस गर्न नपाउने यो त कानुन र इजलासको मर्यादाविपरीत हो’ भनेपछि बहस गर्न त दिए । तर, उनको नाम बहस गर्ने कानुन व्यवसायीको नाममा राखेनन् । 

न्यायाधीशको व्यवहार त्यस्तो पाएपछि नेपाल बार र बार काउन्सिलमा उजुर गर्ने भन्दै वकिल पुष्पराज दुई÷चार दिनअघिसम्म काठमाडौंतिरै दौडिरहेका छन् ।

टिप्पणीहरू