विद्यार्थीले प्रमाणपत्र पाउन कम्तिमा ‘डी’ ग्रेड ल्याउनै पर्ने

विद्यार्थीले प्रमाणपत्र पाउन कम्तिमा ‘डी’ ग्रेड ल्याउनै पर्ने

सरकारले गठन गरेको अध्ययन कार्यदलले विद्यालय तहमा उतीर्ण हुन जुनसुकै विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने नीति बनाउन सिफारिस गरेको छ ।

‘नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदल’ ले विद्यालय तहमा सिकाइ उपलब्धीको न्यूनतम प्रतिशत आन्तरिक वा प्रयोगात्मक परीक्षामा ४० र आवधिक वा सैद्धान्तिकमा ३५ हुने गरी अभ्यास गर्न प्रतिवेदनमा सुझाव दिइएको छ ।

ग्रेडिङ सिस्टमले सिकाइको गुणस्तर खस्किँदै गएपछि कार्यदलले विद्यालय तहमा न्यूनतम अंक ल्याउनुपर्ने व्यवस्थालाई जोड दिएको हो । हाल परीक्षा र प्रयोगात्मकको अंक जोडेर ग्रेडिङ गर्ने गरिएको छ । यसो गर्दा एउटै पक्षमा मात्र बढी अंक ल्याउदा पनि विद्यार्थी उत्तीर्ण हुन्छन् ।

कार्यदलले कक्षा ८, १० र १२ मा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र मूल प्रमणपत्र दिन स सिफारिस गरेको छ । न्यूनतम ३५ अंक तोकिएपछि सोभन्दा कम सिकाइ उपलब्धि प्राप्त गर्नेहरूको ग्रेडसिटमा भने ‘कम्प्लिटेड’ उल्लेख नगर्नसमेत उसले सुझाव दिएको छ ।

आन्तरिक र प्रयोत्गात्मक परीक्षामा ‘सी’ वा ‘डी’ ग्रेड नल्याएसम्म प्रमाणपत्र नदिन उपयुक्त हुने भने कार्यदलको भनाइ छ । तर, दिनै परेको खण्डमा ननग्रेड हालेर प्रमाणपत्र दिनुपर्ने भनिएको छ ।

ननग्रेड प्राप्त विद्यार्थीले प्राविधिक तथा व्यवसायिक तालिम शिक्षातर्फका प्रिडिप्लोमा र सो सरहका कोर्समा भर्ना भई अध्ययन गर्न पाउने छन् ।

टिप्पणीहरू