चुनावको चर्चासँगै २ दर्जन एसपीको सरुवा

चुनावको चर्चासँगै २ दर्जन एसपीको सरुवा

नेपाल प्रहरीका २२ जना एसपीको सरुवा गरिएको छ । पछिल्लो सरुवामा अनुरागकुमार द्विवेदीलाई मानव बेचविखन अनुसन्धान ब्युरोबाट सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय, धनगढीमा लगिएको छ ।

अविनारायण काफ्लेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नक्सालबाट जिल्ला प्रहरी कार्यालय सप्तरीमा र कृष्ण प्रसाईंको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा सरुवा भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाका टिकाबहादुर केसीलाई लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुरमा पुर्याइएको छ ।

तुलबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा र दिनेशराज मैनालीको जिल्ला प्रहरी कार्यालय तनहुँबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएको छ ।

त्यस्तै ध्रुवराज राउतलाई युएन जगेडाबाट अख्तियार, प्रकाश रानाभाटलाई जिल्ला प्रहरीका कार्यालय धनुषाबाट प्रदेश कार्यालय पोखरा, बसन्त रजौरेलाई कानुन शाखाबाट धनुषा, बेलबहादुर पाण्डेलाई पर्साबाट सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल, भुवनेश्वर तिवारीलाई सुदूर पश्चिम कार्यालयबाट ट्राफिक कार्यालय सुर्खेत पुर्याइएको छ ।

एसपी महेन्द्र खड्कालाई धादिङबाट सुदूरपश्चिम प्रहरी कार्यालय, रमेशकुमार बस्नेतलाई महानगरीय प्रहरी परिसरबाट पर्सामा लगिएको छ । सरुवा भएका अन्य एसपीमा ट्राफिक कार्यालय सुर्खेतका राकेश सिंहलाई धादिङ, पोखरा प्रदेशबाट राजिबबहादुर बस्नेतलाई स्याङ्जा, सप्तरीका राजेन्द्रबाबु रेग्मीलाई तनहुँ र रामप्रकाश शाहलाई कोहलपुरबाट नुवाकोट लगिएको छ ।

सर्लाहीका सन्तोष सिंह राठौरलाई सर्लाहीबाट उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकासमा, हेडक्वार्टरका सुरेन्द्रबहादुर गुरुङलाई मकवानपुर, सोमेन्द्र सिंह राठौरलाई मकवानपुरबाट युएन जगेडा नक्साल र होबिन्द्र बोगटीलाई स्याङ्जाबाट कानुन शाखा हेडक्वार्टर तानिएको छ ।

 

टिप्पणीहरू