इन्टरपोलको चुनावमा नेपाल पक्षमा कि विपक्षमा ?

इन्टरपोलको चुनावमा नेपाल पक्षमा कि विपक्षमा ?

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्कीको इस्तानबुलमा पर्सिदेखि हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आज बिहानै त्यसतर्फ जानुभएको छ ।

विश्वका १ सय ९४ इन्टरपोल सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने महासभामा सबै सदस्य राष्ट्रको वार्षिक प्रतिवेदन पेश हुने बताइएको छ । इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचनसमेत यस पटक हुँदैछ । नयाँ सदस्यताका लागि आवेदन हालेका मुलुकका लागि मतदानद्वारा छनौट हुने कार्यक्रम समेत रहेको छ । यस पटक महासभामा इन्टरपोल सदस्यताको लागि माइक्रोनेसियाले आवेदन गरेको छ ।

नेशनल सेन्टर ब्युरो नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक थापासँग महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान पनि जानुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

टिप्पणीहरू