एमसीसीविरुद्ध वैद्य माओवादी सडकमा

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) तथा इन्धनमा भएको मूल्यवृद्धिको विरोध गर्दै वैद्य निकट नेकपा क्रान्तिकारीको देशभक्त जनगणतान्त्रिक मोर्चा सडकमा उत्रिएको छ । मोर्चाले आज माइतीघर मण्डलामा प्रदर्शन गर्दै एमसीसीको चर्को बिरोध गरेको हो ।

राष्ट्रघाती सम्झौता एमसीसी खारेज गरौं भन्दै निधारमा कालोपट्टी बाँधेर मोर्चाले बिरोध गरेको थियो । उक्त कार्यक्रममा नेपाल आयल निगमले हालै वृद्धि गरेको इन्धनको मूल्य घटाउन समेत भनिएको छ ।

पार्टी स्थायी कमिटी सदस्य परि थापा, केन्द्रीय सदस्य बसन्त बोगटी लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा एमसीसी सम्झौता खारेज गर, गो ब्याक अमेरिका, पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, लिपुलेक, कालापानी, लिम्पियाधुरा धुरा हाम्रो हो भन्दै नाराबाजी समेत गरिएको थियो ।

टिप्पणीहरू