न्यायालयलाई पत्रकार महासंघको सुझाव

न्यायालयलाई पत्रकार महासंघको सुझाव

नेपाल पत्रकार महासंघले विगत केही समयदेखि सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अदालतको गरिमाको रक्षा गर्न न्यायालयलाई सुझाव समेत दिएको छ ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै, नेपाली जनताको न्याय निरूपण गर्ने अन्तिम निकाय सर्वोच्च अदालतमा देखिएको घटनाप्रति गम्भीर चिन्ता र चासो प्रकट गरेको हो ।

सर्वोच्च अदालतमा देखिएको गतिरोधले जनता न्याय प्राप्त गर्ने आफ्नो हकबाट वञ्चित हुनु परेको महासंघको ठहर छ । साथै त्यसतर्फ जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले देखाएको आश्चर्यजनक मौनताप्रति पनि उसले दुःख व्यक्त गरेको छ ।

महासंघले संसद्, सरकार र राजनीतिक दललाई समस्या समाधानका लागि आवश्यक पहल र अग्रसरताको लागि अपिल समेत गरेको छ । आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल राख्न आग्रह गरेको छ ।

नेपाल बार एसोसिएसनले उठाएका सवाल र नागरिक तहबाट उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिँदै उच्चनैतिकता प्रदर्शन गर्न र गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालयलाई उसले सुझाव पनि दिएको छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/11/jfj.pdf”]

टिप्पणीहरू