काभ्रेबाट चितवन जाने ३४ जनामा को को ?

काभ्रेबाट चितवन जाने ३४ जनामा को को ?

एमालेको आसन्न १० औं राष्ट्रिय महाधिवेशनको लागि काभ्रेपलाञ्चोक जिल्लाबाट ३४ जना प्रतिनिधि छानिएका छन् । पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृह जिल्ला भएकाले पनि काभ्रेबाट छानिएका प्रतिनिधिको विशेष चर्चा गरिएको छ ।

अधिकांश बाँस्कोटा निकट मानिएका प्रतिनिधिहरु नै छनौट भएको बताइन्छ । जसमा २१ जनाले खुल्लाबाट प्रतिनिधित्व गरेका छन् भने १० जना महिला प्रनिनिधि छन् । त्यसैगरी तीन जना दलित कोटाबाट प्रतिनिधि बनेका हुन् ।

प्रनितिनिधिमध्ये सबैभन्दा पूराना कार्यकर्तामा बनेपा ३ की विमला दाहाल र तेमाल ६ का नारायण पाण्डे छन । दाहालको सदस्यता १२२२ हो भने पाण्डेको १२५६ हो । छानिएका अन्य प्रतिनिधिमा धुलिखेल नगरका मेयर अशोक ब्याञ्जुलगायत छन् ।

जनआस्थालाई प्राप्त जानकारीअनुसार अन्य प्रतिनिधिमा कुमार थापा, रेशमबहादुर लामा, राजन भुर्तेल, चन्द्र लामा, कञ्चन अधिकारी, विदुरप्रसाद सापकोटा, केशव बडाल, दिलिप तामाङ, चुडामढिा गौतम र रामशरण दाहाल छन् ।

त्यसैगरी, जेनिस लामा, प्रेम लामा, दिलिप घिसिङ, कृष्णबहादुर खुलाल, नकुलप्रसाद पराजुली, राधाकृष्ण बस्ताकोटी, राजकुमार सापकोटा, वेदप्रसाद तिमल्सिना, श्यामसुन्दर श्रेष्ठ र गोमा भुर्तेल पनि प्रतिनिधि बनेका छन् ।

काभ्रेका एमाले प्रतिनिधिहरुमा निर्मला शाही, गीता बञ्जरा, शान्ता न्यौपाने, रिता ढकाल, विमला शर्मा, शुभद्रा अधिकारी, भक्तकुमारी लामा, तेज नेपाली, विष्णुबहादुर मिजार र गीता सुनार रहेका छन् ।

टिप्पणीहरू