आज ३ सय बढी संक्रमित भेटिँदा ४ जना बिते

आज ३ सय बढी संक्रमित भेटिँदा ४ जना बिते

आज मुलुकभर तीन सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । छ हजार पाँच सय पाँच जनामा पीसीआर तथा दुई हजार छ सय ४४ जनामा एन्टिजेन गरी नौ हजार एक सय ४९ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै, आज एक सय ७० जना संक्रमणमुक्त भएका छन् भने चार जनाले संक्रमणको कारण ज्यान गुमाउनु परेको छ । मुलुकभर अझै सात हजार चार सय ७६ जना सक्रिय संक्रमित छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय ८२ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ७ प्रतिशत देखिएको छ ।

हाल काठमाडौंमा पाँच सय ३६ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ७६ र ललितपुरमा पाँच सय ५३ जना संक्रमित रहेको बताइएको छ ।

टिप्पणीहरू