मुसिकोटमा १३ जना बन्दकर्ता पक्राउ

मुसिकोटमा १३ जना बन्दकर्ता पक्राउ

मुसिकोटको सडकमा अवरोध गर्दै हिँड्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्द सफल पार्न हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नेकपा रूकुम पश्चिमका जिल्ला सचिवालय सदस्य मोतिराम खड्का, पार्टी निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष सोमपाल कामीसहित १३ जना छन् ।

सडकमा टायर बाल्ने, यातायातका साधन, पसल तथा कार्यालय बन्द गराउँदै हिँडेका उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो ।

टिप्पणीहरू