राष्ट्र बैंकको कारण सेयर बजारमा हरियाली !

राष्ट्र बैंकको कारण सेयर बजारमा हरियाली !

आज साताको दोस्रो दिन सेयर बजारमा सुधार देखिएको छ । बजार मापक नेप्से परिसूचक २६.४४ अंकले बढेर २७१५.३५ कायम हुँदै सेयर बजारमा सुधार आएको हो ।

आज कारोबार भएका कम्पनीहरूमध्ये १ सय ६२ वटाको सेयर मूल्य बढ्दा २० कम्पनीको मूल्य कम र चार वटा कम्पनीको सेयर मूल्य स्थीर देखिएको छ ।

आजक ४ अर्ब ७३ करोडभन्दा बढी रुपैयाँको कारोबार भएको छ । ठूला कम्पनीहरूको मापक सेन्सेटिभ परिसूचक ४.१० अंकले बढेर ५०६.५४ विन्दुमा पुगेको छ ।

हिजो नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदरमा अंकुश लगाएको खबर बाहिरिएको थियो । बैंकहरुमा मुद्दती निक्षेपमा मनोमानी तवरले ब्याज पाउन सकिने सम्भावना कम भएपछि लगानीकर्ताहरुले सेयर बजारतर्फ आँखा लगाउन थालेको बताइएको छ ।

टिप्पणीहरू