प्रधानन्यायाधीशको आह्वान, बारद्वारा लगातार व्यवधान

प्रधानन्यायाधीशको आह्वान, बारद्वारा लगातार व्यवधान

न्यायालयमा उत्पन्न विवाद समाधानका लागि संवादमा आउन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले गरेको आग्रह नेपाल बार एसोसिएसनले अस्वीकार गरेको छ । बारले प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको भन्दै वार्तामा नबस्ने बताएको हो ।

प्रधानन्यायाधीश राणाकै कारण अदालतमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भएको बारको ठहर छ ।

आजको धर्नापछि बार परिसरमा आयोजित बिरोधसभामा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताउनुभएको हो । ‘प्रधानन्यायाधीशज्यू, तपाईंको विज्ञप्ति हामीले पढ्यौं, तपाईंसँग वार्ता गर्दैनौं । आजै राजीनामा दिएर निकास दिनुस् ।’

प्रधानन्यायाधीश राणाले आज बिहान मात्र नेपाल बार, सर्वोच्च बारलगायत सरोकारवाला पक्षलाई आन्दोलन छाडेर संवादमा आउन आग्रह गर्नुभएको थियो । उहाँले वार्तामा बसेर समस्या समाधान गर्नुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

टिप्पणीहरू