चिनीरोगबाट जोगिन सन्तुलित भोजन

चिनीरोगबाट जोगिन सन्तुलित भोजन

आज विश्वभर मधुमेह दिवस मनाइएको छ । हरेक वर्ष नोभेम्बर १४ गते विश्व मधुमेह दिवस मनाइन्छ । इन्टरनेशनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् १९९१ देखि विश्वभर डायबेटिज दिवस मनाउन थालेका हुन् । सन् २००६ देखि यो दिवसलाई संयुक्त राष्ट्र संघले मान्यता दिएको हो ।

आजको दिन इन्सुलिनका आविष्कारक डाक्टर फ्रेडरिक ग्रान्टको जन्म भएको हो । उनले चाल्र्स बेस्टसँग मिलेर झण्डै एक शताब्दीअघि इन्सुलिनको खोजी गरेका थिए ।

विश्व अहिले २१औं शताब्दीमा दौडिरहेको छ । यहाँसम्म आइपुग्दा विश्वले धेरै परिवर्तन गरेको छ । परिवर्तनसँगै मानिसहरुमा आरामदायी जीवन जिउने मोहले मधुमेहको उच्च जोखिमलाई निम्त्याएको छ ।

रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ । शरीरमा चाहिने जति इन्सुलिन उत्पादन नहुनु र उत्पादन भएको इन्सुलिनले पनि शरीरमा प्रभावकारी रुपमा काम गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा बढी देखापर्छ । त्यसपछि मधुमेहले सताउने गर्छ ।

मधुमेहलाई साइलेन्ट किलर पनि भनिन्छ । यो समस्या भएपछि शरीरमा बिस्तारै अन्य रोगहरु लाग्ने र शरीरलाई कमजोर बनाउने गर्छ । पछिल्ला दिनमा विश्वमा यो रोग प्रमुख समस्या बन्दै गएको छ ।

चिनी रोगको नामले समेत बुझिने मधुमेहको कारण मुटु, आँखा मिर्गौला तथा नसाहरुमा समेत असर गर्दछ । सन्तुलित भोजनको सेवन नै मधुमेह रोग नियन्त्रणको उत्तम उपाय रहेको चिकित्सकहरु बताउँछन् ।

टिप्पणीहरू