​कोही भित्र परे, कोही अहिले कि भरे

दुई ठूला कम्युनिष्टबीचको एकतापछि नेकपाको गठन त भयो, तर तत्कालिन एमाले र माओवादीका नवप्रवेशीलाई समेट्ने मामिलामा केही समस्या देखिएका छन् । 

पूर्वएमालेले आफ्नो कोटाबाट नवप्रवेशीका लागि २० प्रतिशत सीट केन्द्रीय कमिटीमा सुरक्षित राख्यो । त्यही बाटोबाट बाबुरामको नयाँशक्ति छाडी एमाले प्रवेश गरेकी, कैलालीकी पूर्वशिक्षा राज्यमन्त्री लीला भण्डारी केन्द्रीय सदस्य भइन् । तर, उनीभन्दा अगाडि भक्तपुरमा एक कार्यक्रमबीच अध्यक्ष केपी ओलीकै हातबाट अविर लगाएका भीमबहादुर कडायतहरु परेनन् ।

वैद्यको पार्टीबाट फर्किएका डा. ईश्वरचन्द्र ज्ञवालीहरुको हालत पनि त्यस्तै छ । चाबहिलकी सीता श्रेष्ठ, पोखराबाट प्रवेश गरेका पूर्वपाइलट मदन केसी, यमुना भुषाल, भरत लामिछाने, मलेसियाको एउटा युनिभर्सिटीमा पढाउने कोइराला थरका प्राध्यापक, ३ नं. प्रदेश सरकारका गृहमन्त्री शालिकराम जमकट्टेलको टाउको फुटाउने मजदुर नेता रमेश पन्तहरुसहित साध्यबहादुर भण्डारी, पुण्य गौतम विश्वासहरु पनि यता न उता भएका छन् । पछि थपिएका ४१ जनामा पनि केन्द्रीय कमिटीमा प्रतिस्पर्धा गरेका र निकटतम् प्रतिद्वन्द्वी बनेका नै परे । त्यसो त पुरानैले ठाउँ पाएका छैनन् । जस्तो कि, परशुराम मेघी गुरुङ, युवराज कार्की, तुलबहादुर गुरुङसहित थुप्रै । तर, शुरुमा ४१ मा परेर पनि पछि हटाइएका सोभियत ढकालहरु किन हटाइए ? यसबारे पनि कसैले प्रश्न उठाइदिएनन् ।   

टिप्पणीहरू