भृकुटीमण्डपमा रित्तो ग्यास सिलिण्डर देखाइयो

भृकुटीमण्डपमा रित्तो ग्यास सिलिण्डर देखाइयो

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।

काठमाडौंस्थित भृकुटीमण्डपको रत्नराज्य क्याम्पस बाहिर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।

बिरोधको क्रममा विद्यार्थीहरुले सिलिण्डर सहितप्रदर्शन गरेका छन् । उनीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्नेलगायतका माग राखेका छन् ।

नेपाल आयल निगमले हालै खाना पकाउने ग्यास, पेट्रोल र डिजेलमा मूल्यवृद्धि गरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् ।

टिप्पणीहरू