भेरी अस्पतालमा तीन जना संक्रमितको मृत्यु

भेरी अस्पतालमा तीन जना संक्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई दिनको अन्तरालमा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिला, कैलाली लम्कीचुहा नगरपालिका–५ निवासी ७७ वर्षीय पुरुष र दाङ निवासी ४५ वर्षीया महिला हुन् ।

दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दियाकी महिलाको गए राति निधन भएको हो । कैलालीका पुरुष र दाङकी महिलाको शनिबार नै मृत्यु भएको थियो ।

योसँगै अहिलेसम्म बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउने ४ सय ३१ जनाको भेरी अस्पतालमा कोरोनाबाट मृत्यु भएको छ ।

टिप्पणीहरू