प्रदेश नम्बर १ बाट लागू औषधसहित ४ जना पक्राउ

प्रदेश नम्बर १ बाट लागू औषधसहित ४ जना पक्राउ

लागूऔषधसहित प्रदेश नम्बर १ को उदयपुर, मोरङ र झापामा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका १० का ३५ वर्षीय पेशल घिमिरे, त्रियुगा नगरपालिका १२ का २१ वर्षीय विष्णु साह, सुनसरी दुहबी नगरपालिका ३ का २३ वर्षीय शिवा चौधरी र झापा अर्जुनधारा नगरपालिका ६ का ३४ वर्षीय सुवास खवास रहेका छन् ।

हिजो दिउँसो पौने ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले त्रियुगा नगरपालिका ११ बैंकलाइनबाट घिमिरे र साहलाई लागूऔषध नाईट्राभेट २ सय २५ ट्याब्लेट र एक सय ग्राम गाँजासहित पक्राउ गरेको हो ।त्यसैगरी हिजै बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको टोलीले बिराटनगर महानगरपालिका १५ मा रहेको २ नम्बर ढाटबाट चौधरीलाई डाइलेक्स डिसी ३ बोतल र नाइट्रोसन एक सय ट्याब्लेटसहित पक्राउ गरेको हो ।

त्यसैगरी झापाको अर्जुनधारा चोकबाट हिजो राती ८ बजे खवासलाई ब्राउन सुगर १ ग्राम ५ सय मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू