काउन्सिल पनि गोरखापत्रको विपक्षमा

काउन्सिल पनि गोरखापत्रको विपक्षमा

गोरखापत्र दैनिकमा कार्यरत समाचारदातालाई तत्काल काममा फर्काउन प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । काउन्सिलले विज्ञप्ति जारी गर्दै गोरखापत्र दैनिकमा कार्यरत २८ जना समाचारदातालाई कामबाट हटाइएको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरुलाई तत्काल काममा फर्काउन आग्रह गरेको हो ।

‘काउन्सिलअन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको हालैको बैठकले उक्त दैनिकमा लामो अवधिसम्म निरन्तर कार्य गरी उर्जाशील समय बिताएका समाचारदातालाई तत्काल काममा फर्काउन आग्रह गर्ने निर्णय गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।उक्त विषयमा काउन्सिलमा उजुरीसमेत परेको र यसबारे काउन्सिलले अध्ययन गरिरहेको बताइएको छ । कोरोना महामारीले सबै क्षेत्र प्रभावित बनेको अवस्थामा यो वा त्यो बहानामा कुनै पनि सञ्चार गृहबाट श्रमजीवी पत्रकारको सुविधा रोक्ने, सेवाबाट हटाउने जस्ता कार्य नगर्न नगराउन काउन्सिलले सम्बद्ध सबै पक्षसँग आग्रह समेत गरेको छ ।

टिप्पणीहरू