सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । हिजो ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार चार सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार नौ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजो यसको मूल्य प्रतितोला ९३ हजार पाँच सय थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले उकालो लागेर एक हजार दुई सय ८५ भएको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ७० मा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा नेपालमा पनि घटबढ हुने बताउने गरेको छ ।

टिप्पणीहरू