राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना कति बजे ?

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना कति बजे ?

आजदेखि शुरु हुने १२ औं जनगणना राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक विवरण लिएपछि औपचारिक रुपमा शुरु हुँदैछ ।

शीतल निवासमा केन्द्रीय तथ्याङ्क विभागका अधिकारीहरुले राष्ट्रपतिसँग आवश्यक पारिवारिक विवरण सोधेर टिपेपछि जनगणनाको शुभारम्भ भएको मानिने छ । उक्त कार्यको लागि आज बिहान ११ बजे शीतल निवासमा विशेष कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

उता, उपराष्ट्रपति नन्दकिशोर पुनसँग पनि विभागले औपचारिक रुपमा भेटेर उपराष्ट्रपतिको कार्यालयमा भेटेर तथ्याङ्क बनाउँदैछ । उपराष्ट्रपति पुनसँगको भेटघाट बिहान साढे ११ बजे रहेको विभाग स्रोतले पुष्टि गरेको छ ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको जनगणनाको लागि टोली दिउँसो १ बजे बालुवाटार जाने कार्यक्रम छ । त्यहि कार्यक्रममा देउवा परिवारको विवरण विभागले संकलन गर्ने जनाइएको छ ।

टिप्पणीहरू