रुकुम पूर्वमा किशोरी बलात्कृत

रुकुम पूर्वमा किशोरी बलात्कृत

रुकुम पूर्वमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई सिस्ने गाउँपालिका ८ का २४ वर्षीय सञ्जय नाथले जबरजस्ती करणी गरेको घटना बाहिरिएको हो ।

प्रहरीका अनुसार नाथले किशोरीलाई बलात्कार गरिरहेको खबर पाए लगत्तै खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू