आज सर्वोच्च नेतालाई सम्झिइँदै

आज सर्वोच्च नेतालाई सम्झिइँदै

आज नेपाली काँग्रेसका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको १ सय ७ औं जन्मजयन्ती हो । गणेशमान सिंह फाउण्डेशनले भर्खरै शोभाभगवतीस्थित सिंहको शालिकमा माल्यार्पण कार्यक्रम राखेको छ ।

शालिकमा माल्यार्पणपछि श्रद्धाञ्जलीसभाको समेत आयोजना गरिएको छ । कार्यक्रम नेपाली काँग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिँह, पूर्वमन्त्री राजन केसीलगायतको उपस्थितिमा भएको हो ।

नेता प्रकाशमान स्वर्गीय सिंहका छोरा हुनुहुन्छ ।

टिप्पणीहरू