डाक्टरले पनि भने ‘जाडोबाट जोगिनुस् है’

डाक्टरले पनि भने ‘जाडोबाट जोगिनुस् है’

जाडोको सिजन शुरु भएकाले भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरुले सचेत गराएका छन् । काठमाडौँसहित देशभर चिसो मौसम शुरु भएसँगै चिकित्सकहरुले भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भएकाले त्यसतर्फ सचेत रहन आमनागरिकलाई आग्रह गरेका हुन् ।

नर्भिक अस्पतालका डा. आलोक ढुंगेलले चिसो मौसम बढेकाले बालबच्चा, वृद्धवृद्धा, सुत्केरी र दीर्घरोगीहरुलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

उहाँले अहिलेको मौसममा कोरोनासँगै फ्लूको संक्रमण बढी हुने भएकोले यसले श्वासप्रश्वासमा समस्या आउने हुँदा चिसोबाट जोगिने, तातो र न्यानो कपडा लगाउने, सकेसम्म बाहिर नहिँड्ने, धुवाँ र धुलोबाट बच्ने, मर्निङ वाकमा ननिस्कन आग्रह गर्नुभएको हो ।

डा. ढुंगेलले भन्नुभयो, ‘जसरी हामीले कोभिडमा सतर्कता अपनाएका छौं, अहिले इन्फ्लूएन्जा फ्लूको लागि पनि बच्ने तरिका त्यही नै हो । योसँगै अरु पनि डिनो, राइनो भाइरसहरु जसले बच्चाहरुमा धेरै रुघाखोकी गराउँछ, तिनीहरु पनि सक्रिया हुने बेला हो अहिले । त्यसैले सबै उमेर समुदायकाले भाइरसबाट बच्न जरुरी छ ।’

टिप्पणीहरू