भक्तपुरमा १५ जुवाडे समातिए, १२ लाख बढी नगद बरामद

भक्तपुरमा १५ जुवाडे समातिए, १२ लाख बढी नगद बरामद

भक्तपुरको चाँगुनारायण नगरपालिका ८, सुडालको पुरीगाउँमा १५ जुवाडे समातिएका छन् । हिजो मध्यरातमा प्रहरीले छापामार्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँ र २ बुक तास बरामद गरेको छ ।

स्थानीय मणिराम पुरीको घरबाट उनीहरु पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीकाअनुसार पक्राउ पर्नेमा चाँगुनारायण ८m पुरीगाउँका ५२ वर्षे मणिराम पुरी, २५ वर्षीय सुशील खत्री, २८ वर्षका चन्द्रशेखर खत्री, ३३ वर्षे नवराज खत्री, ५१ वर्षका राजन कार्की, ४२ वर्षीय चिरञ्जिवी फुयाँल, ३० वर्षका जनक खत्री र ४३ वर्षे जीवन श्रेष्ठ छन् ।

त्यस्तै, जुवाको खालबाट प्रहरीले ३७ वर्षका परमेश्वर थापा, ३८ वर्षीय प्रेमकुमार वि.क., ४५ वर्षीय सरोज भण्डारी, ३९ वर्षे विनोद तिमिल्सिना, ३५ वर्षे विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र नयाँपाटी बस्ने ५० वर्षे रामु भण्डारीलाई पनि पक्राउ गरेको छ ।

टिप्पणीहरू