५ कक्षासम्म गीत गाउँथेँ : राजेश हमाल

५ कक्षासम्म गीत गाउँथेँ : राजेश हमाल

अभिनेता राजेश हमाल आफैंले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । हमालको स्वर र अभिनय रहेको ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो आज राजधानीमा सार्वजनिक गरिएको हो ।

दीपक शर्माको गीत तथा संगीत एवम् देवेन्द्र पाण्डेको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवाष पुरी र बेनिशा पौडेलको समेत स्वर छ ।

आफ्नै स्वरको पहिलो म्युजिक भिडियो सार्वजनिक भएकोमा हमालले खुशी लागेको प्रतिक्रिया दिएका छन् । आफू पाँच कक्षासम्म पढ्दा गीत गाउने गरेको महानायकले स्मरण गरेका छन् ।

टिप्पणीहरू