तिहार मान्न घर फर्कनेहरुको खोप केन्द्रमा भीड

तिहार मान्न घर फर्कनेहरुको खोप केन्द्रमा भीड

सरकारले तिहारमा घर जाने यात्रुहरुलाई कोरोनाविरुद्धको निःशुल्क खोप अभियान शुरु गरेको छ । तिहार मनाउन राजधानीबाट घर जाने यात्रुहरुलाई लक्षित गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजोदेखि विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।

यसअघि कोरोनाविरुद्ध खोप नलगाएहरुको कोटेश्वर ट्राफिक कार्यालय अगाडि चर्को भीड हुन थालेको छ । तिहारको लागि घर जान भनेर हिँडेका र सवारी साधनको टिकट लिन आएकाहरु समेत खोप लगाउन पुगेका छन् ।

विभिन्न कारणबशः यसअघि खोप लगाउन छुटेकाहरु खोप लगाउन पाउँदा दंग देखिएका छन् । एक पन्थ दो काज भनेझैँ टिकट लिन आउँदा खोप लगाउन पाएकाले समेत उनीहरु दंग खुशी भएका हुन् ।

काठमाडौंको कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरूलाई कोरोनाविरुद्धको खोप दिने कार्य जारी रहेको मन्त्रालयले जनाएको छ ।

खोप लगाउन जाँदा यात्रुहरूले उमेर खुल्ने परिचयपत्र भने देखाउनुपर्नेछ । खोपको कार्यक्रम आजसम्म मात्र सञ्चालन हुनेछ । खोप कार्यक्रम हिजो र आज बिहान साढे ७ बजेदेखि चार बजेसम्म सञ्चालन हुनेगरि मिलाइएको हो ।

टिप्पणीहरू