राष्ट्र बैंकले किन गर्यो जीएमई–पे को अनुमति खारेज ?

राष्ट्र बैंकले किन गर्यो जीएमई–पे को अनुमति खारेज ?

नेपाल राष्ट्र बैंकले एउटा भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति पत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले जीएमई–पे प्राइभेट लिमिटेडको अनुमति पत्र निस्तेज बनाएको हो ।

बैंकले अघिल्लो वर्ष असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमति पत्र प्रदान गरेको थियो । तर तोकिएको छ महिनाभित्र कारोबार सञ्चालन नगरेकाले अनुमतिपत्र रध्द गरिएको बैंकले जनाएको हो ।

जीएमईले भने नियमानुसार थप केही समय उपलब्ध गराउन राष्ट्र बैंकसँग बेलैमा आग्रह गरिए पनि सुनुवाई नभएको भन्दै चित्त दुःखाएको छ ।

टिप्पणीहरू