प्रधानन्यायाधीशको पक्ष र विपक्षमा कालो र सेतो पट्टी

प्रधानन्यायाधीशको पक्ष र विपक्षमा कालो र सेतो पट्टी

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले आज सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ । बार अध्यक्ष, पदाधिकारीसहितका कानुन व्यवसायीहरुले बिहान १० बजेदेखि ११ बजेसम्म हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको ब्यानर बोकेर केही वरिष्ठ अधिवक्तासहित वकिलहरूले हातमा कालोपट्टी बाँधी अदालत परिसरमा धर्ना दिएका छन् ।

प्रधानन्यायाधीश राणाले न्यायपालिकाको स्वच्छता,गरिमा कायम राख्न नसकेको भन्दै उनको राजीनामा मागेको बारले कात्तिक १७ गतेसम्म धर्ना कार्यक्रम जारी राख्ने बताएको छ ।

यता,अधिवक्ता स्वागत नेपाल, अस्ति बार प्रांगणमा कुटाइ खाएका भूमिनन्द चुडाललगायातका वकिलहरु भने प्रधानन्यायाधीश राणाको समर्थनमा सेतोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका छन् । इजलास बहिष्कार गर्ने १५ न्यायाधीश र बहस नगर्ने कानुन व्यवसायीहरुका विरुध्द उनीहरु आन्दोलनमा निस्किएका हुन् ।

टिप्पणीहरू