इजलास बहिष्कार गरेका न्यायाधीशहरुलाई कारबाहीको माग

इजलास बहिष्कार गरेका न्यायाधीशहरुलाई कारबाहीको माग

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर इजलास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका एक दर्जनबढी न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट परेको छ । न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा मुद्दाको सुनुवाइ हुन नसकेको भन्दै कानुन व्यवसायीहरुले रिट दर्ता गराएका हुन् ।

न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा संविधानप्रदत्त मौलिक हक हनन् भएको र बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत प्रभावित भएको भन्दै अधिवक्ताहरू कृष्ण प्रसार्इं, तोयानाथ ढुंगाना, किर्तिनाथ शर्मा पौडेल, सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले रिट दर्ता गराएका हुन् ।

रिट निवेदकहरुले न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा मानव अधिकारको हनन भएको दाबीसमेत गरेका छन् । रिटमा ३ दिनदेखि इजलास बहिष्कार गरेका १५ जना न्यायाधीशलाई विपक्षी बनाएर परमादेश माग गरिएको छ ।

टिप्पणीहरू