जातेजाते सिडियोसहित ७ को थप शिकार

जातेजाते सिडियोसहित ७ को थप शिकार

प्रधानमन्त्री शेरबहादुर देउवा लण्डनतिर निस्कनु अघिल्लो साँझ गृहसचिव टेकनारायण पाण्डेले थप सात जना कर्मचारीको सरुवाको सूचीमा सही धस्काएका छन् ।

ओली सरकारको पालामा खटाइएका सिडिओहरुलाई गृहमा तान्ने र त्यहाँ काँग्रेस निकटस्थ कर्मचारीलाई खटाउने रणनीतिअनुरुप थप तीन जना प्रमुख जिल्ला अधिकारी गृहमा तानिनेमा परेका छन् । एक जना उपसचिव(प्रजिअ)को सरुवा भएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार ओली निकटस्थ पाँचथरका सिडिओ पुण्य ढकाल गृहमै फिर्ता बोलाइएका छन् । उनी नौ महिनाअघि फिदिम पुगेका थिए । उनलाई पाँचथरबाट गृहमा तानेर त्यहाँ खोटाङका प्रजिअ मित्रलाल शर्मालाई जिम्मेवारी दिइएको छ ।

यस्तै खोटाङ जिल्लामा गृहका उपसचिव फणिन्द्र दाहाललाई पठाउने तयारी चल्दैछ । यस्तै सिन्धुलीमा कार्यरत सहसचिव सुरेश न्यौपाने पनि गृहमै तानिनेमा परेका छन् । त्यहाँ रमेश न्यौपाने जाने भएका छन् ।

अहिलेसम्म सात वटा जिल्लाको कमाण्ड गर्ने अवसर पाइसकेका रामबहादुर कुरुवाङलाई दाङबाट गृहमा तानेर त्यहाँ हिरालाल रेग्मीलाई खटाइने भएको छ ।

गृहमन्त्री र गृहसचिवहरुले आठ महिना अवधि पूरा भइसकेका सिडिओहरुलाई गृहमै तानेर त्यहाँ आफू निकटस्थ कर्मचारी खटाउने रणनीतिअनुरुप सिडिओहरुको खटन पटन भइरहेको गृह स्रोतले जनाएको छ ।

टिप्पणीहरू