आज कोरोनाबाट थप ८ जनाको निधन, ६ सय बढी संक्रमित

आज कोरोनाबाट थप ८ जनाको निधन, ६ सय बढी संक्रमित

आज मुलुकभर ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज ८ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ६७ जनामा पीसीआर तथा २ हजार ३ सय २८ जनामा एन्टिजेन गरी ९ हजार ४ सय ९५ जनामा परीक्षण गरिँदा ती संक्रमितको संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै १० हजार ३ सय ७५ सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८० पुगेको छ ।

टिप्पणीहरू